पूर्वउपकुलपति डा. संगीता भण्डारीविरुद्ध १२ करोडको भ्रष्टाचार मुद्दा

पूर्वउपकुलपति डा. संगीता भण्डारीविरुद्ध १२ करोडको भ्रष्टाचार मुद्दा तरुण संवाददाता २३ आश्विन २०८२, बिहीबार १४:५४
पूर्वउपकुलपति डा. संगीता भण्डारीविरुद्ध १२ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति डा. संगीता भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्राध्यापक भण्डारीविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एआरआई खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले उनीसहित प्रतिष्ठानका कर्मचारीविरुद्ध १२ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित मुद्दा दायर गरेको हो। यस प्रकरणमा भण्डारीसहित १३ जना प्रतिवादी छन्।

भण्डारी लोसपा नेता एवं पूर्वमन्त्री शरतसिंह भण्डारीकी बहिनी हुन् । धेरैजसो स्वास्थ्य प्रतिष्ठानमा राजनीतिक नियुक्ति पाउनेमा भण्डारी अग्रपंक्तिमा पर्छिन् । कांग्रेस सरकारका पालामा उनले धेरैपटक नियुक्ति लिएकी थिइन् ।