१२ उद्योग र फर्मलाई वाणिज्य विभागको कारवाही, १ लाखसम्म जरिवाना

१२ उद्योग र फर्मलाई वाणिज्य विभागको कारवाही, १ लाखसम्म जरिवाना तरुण खबर २७ आश्विन २०८२, सोमबार ११:११
१२ उद्योग र फर्मलाई वाणिज्य विभागको कारवाही, १ लाखसम्म जरिवाना

काठमाडाैं, २७ असाेज । वाणिज्य, आपूर्ति तथा उपभोत्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा एक दर्जन (१२ वटा) उद्योग तथा फर्महरुलाई कारवाही गरेको छ । विभागले आइतबार गरेको अनुगमन तथा निरीक्षणका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम कारवाही तथा आवश्यक निर्देशन दिएको हो ।

विभागका अनुसार कारवाही गरिएका फर्म तथा उद्योगहरुलाई उपभोक्ता ठगी वा अन्य नियम उल्लंघनका लागि जरिवाना गरिएको छ ।

कसलाई कति जरिवाना ?

  • के.के. मेटल स्टोर, काठमाडौं महानगरपालिका–१३ लाई सबैभन्दा बढी १ लाख रुपैयाँ जरिवाना गरिएको छ ।
  • ५०–५० हजार रुपैयाँ जरिवाना तिर्नेमा श्रद्धा भाँडा पसल, प्रकाश वानिया भाँडा पसल र बानिया बन्धु भाँडा पसल रहेका छन् ।
  • अग्नि हस्तकला उद्योग, जल्पा सुपर मार्केट र डब्लु एस ड्राइ फुड्सलाई जनही २०–२० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
  • लगन ताम्राका शपिङ सेन्टर (ललितपुर), वानिया किचन क्राफ्ट र माँ भवना खाद्य किराना स्टोरलाई जनही १०–१० हजार रुपैयाँ कारबाही गरिएको छ ।
  • यसैगरी, विकास जनरल इम्पेक्स र जय भोले नाथ स्टोरलाई जनही ५–५ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।

विभागले उपभोक्ता हितको संरक्षणका लागि बजार अनुगमनलाई निरन्तरता दिने बताएको छ ।