प्रचण्डको घरबाट ट्रकमा पैसा निकालेको भन्ने पूर्वएआईजीविरुद्ध साइबर ब्युरोमा उजुरी

प्रचण्डको घरबाट ट्रकमा पैसा निकालेको भन्ने पूर्वएआईजीविरुद्ध साइबर ब्युरोमा उजुरी तरुण संवाददाता २७ आश्विन २०८२, सोमबार ११:१४
प्रचण्डको घरबाट ट्रकमा पैसा निकालेको भन्ने पूर्वएआईजीविरुद्ध साइबर ब्युरोमा उजुरी

काठमाडौं । माओवादी संयोजक पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासबाट जेनजी आन्दोलन हुनुअघि दुईवटा ट्रकमा पैसा ओसारेको भनेर अन्तर्वार्ता दिने पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदीविरूद्ध साइबर ब्युरोमा उजुरी दर्ता भएको छ। झुठ्ठा सामग्री प्रवाह गरी भ्रम सिर्जना गराउनुका साथै चरित्रहत्यासमेत गरिएको भन्दै उनीविरुद्ध आइतबार उजुरी दिइएको हो ।

सुवेदीले विभिन्न सामाजिक सन्जालमार्फत प्रचण्डको निवासबाट घर जलाइनुभन्दा दुई दिन पहिले नै दुईवटा ट्रकमा दुई करोड रुपैयाँ लगेर लुकाइएको भन्दै प्रचार गर्दै आएका छन्। सामाजिक सञ्जालबाट पार्टी नेतृत्वविरुद्ध चरित्रहत्या गरिँदा गम्भीर साइबर अपराध भएको भन्दै माओवादीले निज सुवेदीविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी गरिएको जनाएको छ।

संयोजकको सचिवालयका तर्फबाट आइतबार ब्यूरोमा गरिएको उजुरीमा डिजिटल माध्यममार्फत् गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान गरि कानुनी कारबाहीको माग गरिएको छ।