तरुण खबर
२७ आश्विन २०८२, सोमबार ११:१९
काठमाडाैं, २७ असाेज । विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गरिएको बहुचर्चित प्रकरणमा पूर्वउपराष्ट्रपति तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन ‘पासाङ’ र उनका छोराहरूमाथि पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
यसअघि सोही प्रकरणमा माओवादी केन्द्रकै अर्का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परिसकेका छन् ।
प्रहरीको भनाइ अनुसार, नन्दबहादुर पुनका छोराहरूको विभिन्न सुन तस्करी तथा अन्य आपराधिक गतिविधिमा संलग्नता देखिएको छ ।
छोराहरूको संलग्नता:
यस सुन तस्करी काण्डमा पूर्वउपराष्ट्रपतिका सचिवालय सदस्य जीवनकुमार गुरुङ र आफन्त अमला रोका पनि पक्राउ परेका थिए ।
नन्दबहादुर पुनको चिनियाँ समूहसँग नजिकको सम्बन्ध रहेको र उनका परिवार तथा सचिवालयका सदस्यहरू सुन तस्करीमा जोडिएकाले उनलाई पनि अनुसन्धानको दायरामा ल्याइएको प्रहरीले जानकारी दिएको छ ।


