इनर्जी ड्रिङ्कको विज्ञापन टाँस्ने कम्पनीलाई १० हजार जरिवाना

इनर्जी ड्रिङ्कको विज्ञापन टाँस्ने कम्पनीलाई १० हजार जरिवाना तरुण खबर २७ आश्विन २०८२, सोमबार ११:२४
इनर्जी ड्रिङ्कको विज्ञापन टाँस्ने कम्पनीलाई १० हजार जरिवाना

काठमाडाैं, २७ असाेज । ललितपुर महानगरपालिकाले सार्वजनिक स्थानमा अनाधिकृत रूपमा विज्ञापन टाँसेर फोहोर गरेको भन्दै एक कम्पनीलाई जरिवाना गरेको छ ।

महानगरले **एग्रो थाई फुड प्रा.लि.**लाई १० हजार रुपैयाँ जरिवाना तिराएको हो । कम्पनीले उत्पादन गर्ने इनर्जी ड्रिङ्कको प्रचारका लागि सडक किनारका पोलहरूमा पर्चा टाँसेको भेटिएपछि महानगरपालिकाले आइतबार कारबाही गरेको हो ।

महानगरको रसिदमा कम्पनीले गरेको उल्लंघनलाई ‘अनाधिकृत विज्ञापन’ भन्दै जरिवाना गरिएको उल्लेख छ । महानगरले सार्वजनिक स्थानको सौन्दर्य र सरसफाइ कायम राख्न यस्ता कार्य गर्ने अन्य व्यक्ति वा संस्थालाई पनि कारवाही गर्ने जनाएको छ ।