सुनको मूल्यले तोड्यो सबै रेकर्ड, आज प्रतितोला रु. २ लाख ४० हजार ४ सय पुग्यो

सुनको मूल्यले तोड्यो सबै रेकर्ड, आज प्रतितोला रु. २ लाख ४० हजार ४ सय पुग्यो तरुण खबर २७ आश्विन २०८२, सोमबार १२:१३
सुनको मूल्यले तोड्यो सबै रेकर्ड, आज प्रतितोला रु. २ लाख ४० हजार ४ सय पुग्यो

काठमाडाैं, २७ असाेज । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ। लगातार बढेको सुनको मूल्यले आज उच्च रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँ निर्धारण भएको छ। यो मूल्य हिजो (आइतबार) को तुलनामा प्रतितोला २ हजार ४०० रूपैयाँले बढेको हो।

आइतबार मात्रै सुनको मूल्य एकैदिन ३ हजार रूपैयाँले बढेर प्रतितोला २ लाख ३८ हजार रूपैयाँ कायम भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आइतबार तोलामा ३ हजार १२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा ३ हजार २२० रुपैयाँ कायम भएको छ।