हिमालयन बैंकबाट पाकिस्तानी बैंक ‘हबिब’ बाहिरियो, नेशनल लाइफ सबैभन्दा ठूलो शेयरधनी बन्दै

हिमालयन बैंकबाट पाकिस्तानी बैंक ‘हबिब’ बाहिरियो, नेशनल लाइफ सबैभन्दा ठूलो शेयरधनी बन्दै तरुण खबर २८ आश्विन २०८२, मंगलवार १०:५८
हिमालयन बैंकबाट पाकिस्तानी बैंक ‘हबिब’ बाहिरियो, नेशनल लाइफ सबैभन्दा ठूलो शेयरधनी बन्दै

काठमाडाैं, २८ असाेज । नेपाल राष्ट्र बैंकले हिमालयन बैंक मा रहेको पाकिस्तानी बहुराष्ट्रिय बैंक हबिब (Habib Bank Limited) को संस्थापक शेयर बिक्री गर्न अन्तिम स्वीकृति दिएको छ। राष्ट्र बैंकको व्यवस्थापन समितिले उक्त स्वीकृति दिएको पत्र आइतबार हिमालयन बैंकले प्राप्त गरेको हो।

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणा का अनुसार अब नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्सचेन्ज (नेप्से) लगायतका नियामक निकायसँग समन्वय गरी कम्पनी रजिस्ट्रारको कार्यालयबाट स्वामित्व हस्तान्तरण गरिनेछ। यो प्रक्रिया तिहारपछि सम्म लाग्न सक्नेछ।

ठूला जलविद्युत, ग्रिन हाइड्रोजन र पूर्वाधारमा साझेदारीको प्रस्ताव

नेपाल र कोरियाबीच लामो समयदेखिको आर्थिक सहकार्यको चर्चा गर्दै मन्त्री घिसिङले नेपालको ऊर्जा सन्तुलन र विद्युत निर्यात का लागि ५०० मेगावाटभन्दा ठूला जलाशययुक्त जलविद्युत आयोजनाहरू मा कोरियासँग सरकार–सरकार (G2G) तहको साझेदारी वा कोरियन निजी कम्पनीको लगानी को अपेक्षा व्यक्त गरे।

साथै, उनले कोरियामा सफल र नेपालमा प्रचुर सम्भावना रहेको हरित हाइड्रोजन (ग्रिन हाइड्रोजन) उत्पादन लाई नमुना परियोजना को रूपमा विकास गरी त्यसबाट मलखाद उत्पादन र सार्वजनिक यातायात सञ्चालन का लागि सहयोग गर्न आग्रह गरे।

मन्त्री घिसिङले अरुण नदी करिडोर र पूर्व–पश्चिम प्रसारण लाइनलाई जोड्ने इनरुवा–अनारमनी ४०० केभी प्रसारण लाइन मा कोरियन आयात–निर्यात (एक्जिम) बैंकमार्फत प्राप्त हुने सहायतालाई छिटो टुङ्गो लगाउन तथा रेल मार्ग निर्माण, सञ्चालन र मर्मतको क्षमता विस्तार मा सहयोग गर्न पनि अनुरोध गरे।

नेपाली श्रमिकको कोटा बढाउन र सीप विकासमा सहयोगको माग

मन्त्री घिसिङले रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गत कोरिया जाने नेपाली श्रमिकको कोटा बढाउन र कोरिया जानुपूर्व सीप विकास तालिम, साथै स्वदेश फर्केपछि उनीहरूले हासिल गरेको सीपलाई उद्यमशीलतामार्फत रोजगारी सिर्जना गर्नका लागि पनि कोरियाली सहयोगको लागि आग्रह गरे।

माथिल्लो त्रिशूली–१ मा उल्लेख्य प्रगति

भेटका क्रममा राजदूत पार्क ताइयोङले कोरियन सरकारी कम्पनीको मुख्य लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजना को प्रगतिबारे जानकारी गराएका थिए।

आयोजनाको निर्माण प्रगति करिब ७० प्रतिशत पुगेको र आगामी डिसेम्बरमा मुख्य सुरुङ छिचोल्ने (ब्रेक थ्रु) तयारी भइरहेको उनले बताए। राजदूत पार्कले आयोजना अगाडि बढाउन सरकार र नेपाल विद्युत प्राधिकरणले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै ब्रे्रक थ्रु समारोहमा मन्त्री घिसिङलाई सहभागिताको लागि निम्तो दिएका थिए।

राजदूत पार्कले कोरियाले नेपालको ऊर्जा क्षेत्रमा सहयोग गरिरहेको र कोरियन कम्पनीहरूलाई आकर्षित गर्न निजी क्षेत्रका ऊर्जा उत्पादकहरूसँगको सहकार्यमा नेपालमा सेमिनार गर्न लागिएको जानकारी दिए। साथै, प्रसारण लाइन निर्माणमा सहायता उपलब्ध गराउन अर्थ मन्त्रालयसँग छलफल भइरहेको पनि उल्लेख गरे।