तरुण खबर
२८ आश्विन २०८२, मंगलवार ११:१६
काठमाडाैं, २८ असाेज । एमएडब्लु वृद्धि ले वीरगञ्ज मा दीपल (Deepal) को नयाँ स्टेट अफ आर्ट सोरुम शुभारम्भ गर्ने अवसरमा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। कम्पनीले आगामी असोज ३० गते देखि चारदिने टेस्ट ड्राइभ र एक्सचेन्ज मेला आयोजना गर्ने जनाएको छ, जहाँ ग्राहकहरूले दीपल र अवतार (AVATR) का लक्जरियस इभीहरू (EVs) को अनुभव गर्नुका साथै सट्टापट्टा गर्न सक्नेछन्।
मुख्य आकर्षण: ‘नाडा सो स्टपर’ दीपल S०५ र रोबोटहरू
यस कार्यक्रमको मुख्य आकर्षणको रूपमा IF डिजाइन अवार्ड विजेता दीपल S०५ रहनेछ, जुन नाडा अटो सोमा ‘सो स्टपर’ को रूपमा स्थापित भएको थियो। रिमोट इन एन्ड आउट पार्किङ, क्विन कोपाइलट सिट र ५ हजारभन्दा बढी चार्ज साइकल भएको गोल्डेन शिल्ड ब्याट्री जस्ता प्रविधिका कारण नेपालमा सार्वजनिक भएको दुई महिनामै यो मोडल हिट भएको थियो।
विशेष एक्सपिरियन्स र एक्सचेन्ज मेलामा दीपलका अन्य मोडलहरू S०७ ICS, E०७, L०७ र अल्ट्रा प्रिमियम इन्टेलिजेन्ट एसयुभी अवतार ११ पनि प्रदर्शनमा राखिनेछन्।
यस कार्यक्रमको अर्को आकर्षण मानवाकृत रोबोट र कुकुर रोबोट सँगको अन्तरक्रिया हुनेछ, जुन मधेश प्रदेशमा पहिलो पटक हुन लागेको हो।
एक्सचेन्जमा आकर्षक छुट र बोनसको व्यवस्था
आइतबारसम्म चल्ने यस कार्यक्रममा ग्राहकहरूले इभीमा अपग्रेड हुनका लागि आकर्षक अवसर पाउनेछन्। यसमा सर्वोत्कृष्ट एक्सचेन्ज भ्यालु र बोनस, नगद छुट, निशुल्क रोड ट्याक्स र इन्स्योरेन्स, निशुल्क वाल तथा ट्राभल चार्जर र निशुल्क एसेसोरिज उपलब्ध हुनेछन्।
आयोजकका अनुसार वीरगञ्ज, जनकपुर, हेटौंडा तथा आसपासका ग्राहकका लागि अत्याधुनिक इभीमा अपग्रेड हुने यो उत्कृष्ट समय हुनेछ।


