धितोपत्र बोर्डले पुँजीबजार सुधारका लागि तत्कालका कार्ययोजना सार्वजनिक गर्यो, मार्जिन कारोबार कात्तिक मसान्तसम्म लागू हुने

धितोपत्र बोर्डले पुँजीबजार सुधारका लागि तत्कालका कार्ययोजना सार्वजनिक गर्यो, मार्जिन कारोबार कात्तिक मसान्तसम्म लागू हुने तरुण खबर २८ आश्विन २०८२, मंगलवार ११:२९
धितोपत्र बोर्डले पुँजीबजार सुधारका लागि तत्कालका कार्ययोजना सार्वजनिक गर्यो, मार्जिन कारोबार कात्तिक मसान्तसम्म लागू हुने

काठमाडाैं, २८ असाेज । पुँजीबजारको सुधारका लागि गठित कार्यदलको सिफारिसअनुसार नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तत्काल कार्यान्वयन गर्नुपर्ने सुधारका लागि विस्तृत कार्ययोजना सार्वजनिक गरेको छ।

अर्थमन्त्री रामेश्वर खनालले पदभार सम्हालेलगत्तै असोज ३ गते गठन गरेको र धितोपत्र बोर्डका कार्यकारी निर्देशक रुपेश केसी संयोजक रहेको चार सदस्यीय कार्यदलले बिहीबार अर्थमन्त्रीलाई प्रणालीगत र प्रक्रियागत सुधारको सिफारिससहितको कार्ययोजना बुझाएको थियो।

सुधारका मुख्य बुँदा र समयसीमा

सेबोनले तयार पारेको कार्ययोजनामा केही महत्त्वपूर्ण सुधारका कामहरूका लागि स्पष्ट समयसीमा तोकिएको छ:

  • मार्जिन कारोबार प्रणाली: यो प्रणाली कात्तिक मसान्तभित्र धितोपत्र दलाल व्यवसायी (ब्रोकर) मार्फत लागू गरिनेछ।
  • बोनस सेयर लाभांश कर: बोनस सेयर वितरणमा लाग्ने लाभांश कर सम्बन्धित संगठित संस्थाले नै मिलान गरी भुक्तानी गर्ने व्यवस्था तुरुन्त लागू गरिनेछ।
  • दोहोरो हितग्राही खाता (Demat Account): दुई वा सोभन्दा बढी हितग्राही खाता खोल्न दिने प्रक्रिया कात्तिक १५ भित्र सम्पन्न गरिनेछ।
  • भुक्तानीसम्बन्धी प्रावधान: भुक्तानी असक्षमता वा ढिलाइ हुँदा देखिने दायित्व तथा प्रतिफल भुक्तानीसम्बन्धी प्रावधानमा मंसिर १५ सम्म एकरूपता ल्याइनेछ।

कार्यदलमा नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र अर्थ मन्त्रालयका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।