नेपाली बजारमा सुनको मूल्यमा ‘महाउछाल’, तोलाको पौने २ लाख नजिक पुग्दै नयाँ कीर्तिमान

नेपाली बजारमा सुनको मूल्यमा ‘महाउछाल’, तोलाको पौने २ लाख नजिक पुग्दै नयाँ कीर्तिमान तरुण खबर २८ आश्विन २०८२, मंगलवार ११:३४
नेपाली बजारमा सुनको मूल्यमा ‘महाउछाल’, तोलाको पौने २ लाख नजिक पुग्दै नयाँ कीर्तिमान

काठमाडाैं, २८ असाेज । स्थानीय बजारमा सुनको मूल्यले आज हालसम्मकै सबैभन्दा उच्च रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्यमा एकै दिन ८ हजार १०० रुपैयाँको भारी वृद्धि भएको छ।

महासंघले तोकेको आजको भाउअनुसार छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको छ। यसअघि सोमबार छापावाल सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीले पनि बनायो नयाँ रेकर्ड

सुनसँगै चाँदीको मूल्यमा पनि नयाँ कीर्तिमान कायम भएको छ।

  • चाँदीको मूल्य तोलामा ९५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ३२५ रुपैयाँ पुगेको छ।
  • सोमबार चाँदी प्रतितोला ३ हजार २२० रुपैयाँमा कारोबार भएको थियो।