जेनजी आन्दोलनका घाइतेको उपचार खर्च अब बैंकको सीएसआरबाट बेहोरिने

जेनजी आन्दोलनका घाइतेको उपचार खर्च अब बैंकको सीएसआरबाट बेहोरिने तरुण खबर २९ आश्विन २०८२, बुधबार ११:०८
जेनजी आन्दोलनका घाइतेको उपचार खर्च अब बैंकको सीएसआरबाट बेहोरिने

काठमाडाैं, २९ असाेज । ‘जेनजी आन्दोलन’मा घाइते भएका नागरिकको उपचार खर्च अब बैंक तथा वित्तीय संस्थाहरूको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) को रकमबाट बेहोर्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले हालै संशोधन गरेको सीएसआर मार्गदर्शन २०८१ मा यस्तो व्यवस्था गरिएको हो ।

नयाँ व्यवस्थाका मुख्य बुँदाहरू:

  • उपचार खर्च: सरकारी अस्पतालहरूमा उपचाररत गरिब तथा विपन्न वर्गका घाइते नागरिकको औषधि उपचार खर्च बैंकहरूले सीएसआरअन्तर्गत खर्च गर्न सक्नेछन् ।
  • शहीद परिवारलाई सहयोग: आन्दोलनमा शहीद भएका व्यक्तिका आश्रित परिवारलाई आयआर्जनमा सक्षम बनाउने उद्देश्यले प्रदान गरिने सीपमूलक तालिमको खर्च पनि सीएसआरमा गणना गर्न पाइनेछ ।
  • तालिमको शर्त: यस्ता तालिमहरू नेपाल सरकार वा स्वीकृत संस्थाबाट प्रदान भएको हुनुपर्नेछ ।

राष्ट्र बैंकको यो नयाँ व्यवस्थाले जेनजी आन्दोलनबाट प्रभावित नागरिकहरूको स्वास्थ्य र पुन:स्थापनामा सहजता आउने अपेक्षा गरिएको छ ।