तरुण खबर
३० आश्विन २०८२, बिहीबार १४:०३
काठमाडाैं, ३० असाेज । ठेक्का सम्झौता गरेर वर्षौंसम्म काम नगरी आयोजनाहरूलाई रुग्ण बनाउने ठेकेदार कम्पनीहरूमाथि सरकारले कारबाही प्रक्रिया सुरु गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङको निर्देशनपछि सिँचाइतर्फका अलपत्र ठेक्काहरू तोड्न थालिएको हो।
यसै क्रममा बबई सिँचाइ आयोजनाले करिब ६ वर्षअघि अमन कन्स्ट्रक्सन कम्पनी, गुलरिया-५ सँग गरिएको ठेक्का सम्झौता तोड्न बिहीबार सार्वजनिक सूचना जारी गरेको छ।
के थियो ठेक्काको अवस्था?
आयोजनाले आर्थिक वर्ष २०७७-७८ मा नहर मर्मत, कमाण्ड क्षेत्र संरक्षण र भवन मर्मतलगायतका कामहरूका लागि कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो।
आयोजनाले पटक-पटक सूचना प्रकाशन गर्दा र ठेक्काको म्याद समाप्त भइसक्दा पनि कम्पनीले सम्झौता बमोजिम काम सुरु नगरेको वा सम्पन्न गर्न कुनै चासो नदेखाएको उल्लेख गरेको छ।
कारबाहीको प्रक्रिया
आयोजनाले ठेकेदार कम्पनीलाई १५ दिनभित्र ठेक्का सम्झौता अन्त्य गरी कारबाहीको प्रक्रिया अगाडि बढाउनु नपर्ने कुनै ठोस कारण र प्रमाण भएमा आयोजना कार्यालयमा उपस्थित हुन सूचना दिएको छ।
यदि पेस गरिएका प्रमाणहरू नियमसङ्गत, भरपर्दो वा चित्त बुझ्दो नभएमा:
सिँचाइ विभागअन्तर्गत राष्ट्रिय गौरवका भेरी बबई तथा सुनकोशी मरिण बहुउद्देश्यीयसहित २५ आयोजनाका ठेक्का रुग्ण अवस्थामा छन्। तीमध्ये हाल ६ वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको विभागले जनाएको छ।


