तरुण खबर
३० आश्विन २०८२, बिहीबार १४:०९
काठमाडाैं, ३० असाेज । विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड भिभो (Vivo) ले आफ्नो लोकप्रिय भी सिरिज अन्तर्गत नयाँ स्मार्टफोन भिभो भी६० लाईट नेपाली बजारमा सार्वजनिक गरेको छ। विशेषगरी यात्राका क्रममा पोट्र्रेट फोटोग्राफीलाई लक्षित गरी ‘ट्राभल पोर्टेट पर्फेक्ट पार्टनर’ को रूपमा यो फोन बजारमा आएको हो।
भिभोले यस नयाँ मोडलमा तेस्रो पुस्ताको एआई औरा लाईट पोर्टेट ३.० प्रविधि, उन्नत एआई इमेजिङ र शक्तिशाली प्रदर्शनको संयोजन गरेको छ। यो स्मार्टफोन असोज ३० गते देखि नेपालभरका आधिकारिक स्टोरहरू तथा दराज अनलाइन प्लाटफर्म मार्फत उपलब्ध छ।
फोटोग्राफी र क्यामेरामा मुख्य आकर्षण
भिभो भी६० लाईटको मुख्य आकर्षण यसको क्यामेरा प्रणाली हो। यसमा ५० एमपी सोनी आईएमएक्स८८२ मुख्य क्यामेरा, ८ एमपी वाइड–एङ्गल क्यामेरा र ३२ एमपी एचडी सेल्फी क्यामेरा समावेश छन्।
शक्तिशाली प्रदर्शन र ब्याट्री
भिभो भी६० लाईट दुई भेरिएन्टमा उपलब्ध छ:
| विशेषता | ५जी भेरिएन्ट | ४जी भेरिएन्ट |
| चिपसेट | मिडियाटेक ७३६० टर्बो ५जी | स्न्यापड्रैगन ६८५ |
| र्याम र स्टोरेज | १२ + १२ जीबी एक्सटेन्डेड र्याम, २५६ जीबी स्टोरेज | ८ + ८ जीबी एक्सटेन्डेड र्याम, २५६ जीबी स्टोरेज |
| ब्याट्री र चार्ज | ६५०० एमएएच ब्लू वल्ट ब्याट्री र ९० वाट फ्ल्यास चार्ज (५२ मिनेटमा फुल चार्ज) |
फोनमा ६.७७ इन्चको एएमोलेड डिस्प्ले, १२० हर्ज रिफ्रेश रेट र डुअल स्टेरिओ स्पिकर समावेश छन्। यसको आइपी६५ डस्ट एण्ड वाटर–रेजिस्टेन्ट फिचर र वेट ह्याण्ड टच जस्ता स्मार्ट फिचरहरूले दैनिक प्रयोगमा थप सहजता प्रदान गर्छन्।
उत्पादनशीलता बढाउन यसमा गुगल जेमिनी, एआई क्याप्सन, एआई ट्रान्सक्रिप्ट असिस्ट लगायतका एआई टुलहरू पनि समावेश छन्।
मूल्य र उपलब्धता
यो फोन टाइटानियम ब्लु र एलिगेन्ट ब्ल्याक गरी दुई रङ्गमा उपलब्ध छ। नेपाली बजारमा यसको मूल्य निम्नानुसार तोकिएको छ:
भिभो भी६० लाईट (५जी भेरिएन्ट) को मूल्य: रु. ४८,९९९


