राष्ट्र बैंकले कर्मचारी आवासका लागि होटेल/गेस्ट हाउससँग प्रस्ताव माग्यो

राष्ट्र बैंकले कर्मचारी आवासका लागि होटेल/गेस्ट हाउससँग प्रस्ताव माग्यो तरुण खबर ३१ आश्विन २०८२, शुक्रबार १०:१३
राष्ट्र बैंकले कर्मचारी आवासका लागि होटेल/गेस्ट हाउससँग प्रस्ताव माग्यो

काठमाडाैं, ३१ असाेज । नेपाल राष्ट्र बैंकले काठमाडौं बाहिरका शाखाबाट कामको सिलसिलामा राजधानी आउने कर्मचारीहरूका लागि बास बस्न सजिलो होस् भनेर होटल वा गेष्टहाउसहरूसँग सम्झौता गर्न प्रस्ताव आह्वान गरेको छ।

बैंकले बिहीबार सूचना जारी गर्दै इच्छुक होटल, अतिथि गृह वा गेष्टहाउसहरूलाई १५ दिनभित्र प्रस्ताव पेस गर्न भनेको छ।

प्राथमिकता क्षेत्र र मापदण्ड

राष्ट्र बैंकले कर्मचारी आवासका लागि काठमाडौंका निम्न क्षेत्रहरूलाई प्राथमिकता दिने जनाएको छ:

  • बालुवाटार
  • थापाथली
  • महाराजगञ्ज
  • धुम्बाराही
  • चाबहिल
  • गौशाला
  • एयरपोर्ट
  • सिनामंगल

यी क्षेत्रहरू चक्रपथभित्र ५०० मिटरको दायराभित्र पर्नुपर्ने र गुणस्तरीय सेवा प्रदान गर्ने स्थानहरूलाई प्राथमिकता दिइनेछ।

बैंकले सेवा प्रदायक होटल/गेस्टहाउसका लागि १९ बुँदे मापदण्ड तोकेको छ। यसमा सफा कोठा, खानपान, सुरक्षा व्यवस्था, इन्टरनेट सुविधा, तथा कर्मचारीको गोपनीयता सुनिश्चित हुनेजस्ता शर्तहरू समावेश छन्।

भुक्तानी भने होटल प्रयोग भएको दिन र संख्याका आधारमा मासिक रूपमा कम्पनीको खातामा गरिने व्यवस्था गरिएको छ।