 तरुण संवाददाता
                                      
    
           
               
         
            
            १ कार्तिक २०८२, शुक्रबार ११:३२
 
            तरुण संवाददाता
                                      
    
           
               
         
            
            १ कार्तिक २०८२, शुक्रबार ११:३२
       
       
 
                काठमाडौं । एमालेको केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरु भएको छ । असोज २९ र ३० गते बसेको बैठकमा बोल्न बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीले पार्टी अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आज आआफ्नो धारणा राख्नेछन् ।
यसअघि करिब १९६ केन्द्रीय सदस्यले आआफ्नो धारणा राखेका थिए ।आजको बैठकमा पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीहरुले आफ्ना धारणा राख्ने प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । एमालेमा स्थायी र पदाधिकारीसहित ९९ नेताहरु छन् ।
स्थायी र पदाधिकारीलाई पनि तीन मिनेटकै समय उपलब्ध गराइएको छ । सबैले आफ्नो धारणा राखेपछि अन्त्यमा अध्यक्ष ओलीले प्रतिवेदनमाथिको सुझावको एकमुष्ट जवाफ दिएर बैठक समापन गरिने छ ।
पदाधिकारीले आधा घन्टा बोल्न पाउनुपर्ने माग गरेका छन् । पदाधिकारीमा ओली अल्पमतमा छन् । त्यसैले चाँडो चाँडो बैठक समापन गर्नेतिर ओली लागेका छन् । खासगरी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको साधारण सदस्यता नवीकरणका विषयमा धेरैले आवाज उठाएका छन् । जुन ओलीका लागि टाउको दुःखाईको विषय बनेको छ ।
भण्डारीलाई एमालेको सक्रिय राजनीति गर्नबाट रोक लगाउने एमालेको निर्णय डेढ महिना पनि पुगेको छैन । यस्तो अवस्थामा भण्डारीलाई एमालेमा सर्वसम्मत ढंगले ल्याउनुपर्ने मागलाई लिएर ओली असन्तुष्ट बनेको नेताहरुको भनाइ छ ।


