सिद्धार्थ बैंकको साधारण सभा कात्तिक ३० मा, ११.५३% लाभांश पारित हुने

सिद्धार्थ बैंकको साधारण सभा कात्तिक ३० मा, ११.५३% लाभांश पारित हुने तरुण खबर २ कार्तिक २०८२, आईतवार ११:०९
सिद्धार्थ बैंकको साधारण सभा कात्तिक ३० मा, ११.५३% लाभांश पारित हुने

काठमाडाैं, २ कार्तिक । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो चौबीसौँ वार्षिक साधारण सभा (AGM) आउँदो कात्तिक ३० गतेका लागि आह्वान गरेको छ। गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने घोषणा गरिएको लाभांश पारित गर्न बैंकले सभा बोलाएको हो। सभा आइतबार बिहान १० बजे सुरु हुनेछ।

साधारण सभाका मुख्य प्रस्तावहरू:

१. लाभांश पारित: बैंकको हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने। यसरी बैंकले कुल ११.५३ प्रतिशत लाभांश वितरण गर्नेछ।

२. प्रबन्धपत्र तथा नियमावली संशोधन: प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने।

3. अन्य प्रस्तावहरू: सञ्चालक नियुक्ति गर्ने, सामाजिक उत्तरदायित्व (CSR) बहन गर्ने क्रममा भएको अधिक खर्च अनुमोदन गर्ने र आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि सभाले पारित गर्नेछ।

बुकक्लोज र लाभांश पाउन योग्य मिति:

साधारण सभा तथा प्रस्तावित लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक १७ गते (एक दिनका लागि) बुकक्लोज गर्ने भएको छ।

यसअनुसार, कात्तिक १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरूले मात्र बैंकको साधारण सभामा सहभागिता जनाउन र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।