रेकर्ड तोडेको सुनको भाउमा भारी गिरावट, तोलामा रु ४,८०० घट्यो

रेकर्ड तोडेको सुनको भाउमा भारी गिरावट, तोलामा रु ४,८०० घट्यो तरुण खबर २ कार्तिक २०८२, आईतवार ११:१७
रेकर्ड तोडेको सुनको भाउमा भारी गिरावट, तोलामा रु ४,८०० घट्यो

काठमाडाैं, २ कार्तिक । साताको कारोबारको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। शुक्रबार ऐतिहासिक उच्च विन्दुमा पुगेको सुनको भाउ आज तोलामा ४,८०० रुपैयाँले ओरालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

मूल्य विवरण:

  • शुक्रबारको भाउ: छापावाल सुन प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा कारोबार भएको थियो।
  • आइतबारको भाउ: सुनको मूल्य ४,८०० रुपैयाँले घटेर २ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्य पनि घट्यो:

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ।

  • शुक्रबारको भाउ: चाँदी प्रतितोला ३,३५० रुपैयाँमा कारोबार भएको थियो।
  • आइतबारको भाउ: चाँदीको मूल्य तोलामा ७५ रुपैयाँले घटेर ३,२७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।