तरुण खबर
२ कार्तिक २०८२, आईतवार ११:२३
काठमाडाैं, २ कार्तिक । ग्लोबल आइएमई बैंक लिमिटेड ले प्रतिष्ठित ‘ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५’ बाट सम्मान प्राप्त गरेको छ। यो सम्मानसँगै ग्लोबल आइएमई बैंक लगातार दोस्रो वर्ष (२०२४ र २०२५) ग्लोबल फाइनान्स म्यागाजिनबाट नेपालको उत्कृष्ट बैंकको रूपमा सम्मानित भएको छ।
अमेरिकामा अवार्ड हस्तान्तरण:
शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिहरूले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई उक्त अवार्ड हस्तान्तरण गर्नुभएको थियो।
उत्कृष्टताका आधारहरू:
ग्लोबल फाइनान्सले बैंकको विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरूको विकास, क्रेडिट रेटिङ्ग लगायतका महत्वपूर्ण मापदण्डहरूको आधारमा ग्लोबल आइएमई बैंकलाई सन् २०२५ का लागि नेपालको उत्कृष्ट बैंक घोषित गरेको हो।
पहिलो नेपाली बैंक:
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यो प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो। ग्लोबल फाइनान्सले विश्वका उत्कृष्ट केन्द्रीय बैंक र वाणिज्य बैंकहरूलाई यो अवार्ड प्रदान गर्ने गर्दछ।
बैंकका अध्यक्ष ढकालले यो सम्मानले थप उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहित गरेको बताउँदै नेपाल सरकार, नेपाल राष्ट्र बैंक लगायत अन्य नियामक निकायहरू, सेयरधनी, कर्मचारी र सम्पूर्ण ग्राहक वर्गलाई हार्दिक आभार व्यक्त गर्नुभयो।
अन्य सम्मानित बैंकहरू:
ग्लोबल फाइनान्सले २०२५ का लागि हङकङको एचएसबीसी, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, मलेशियाको यूओबी मलेशिया, बङ्गलादेशको सिटी बैंक, जापानको एसएमबीसी लगायत विश्वभरका विभिन्न बैंकहरूलाई विभिन्न विधामा सम्मानित गरेको छ।
बैंकको सञ्जाल र उपलब्धि:


