निर्वाचनको तयारीमा सरकार, आजदेखि एकीकृत सुरक्षा योजना लागू

निर्वाचनको तयारीमा सरकार, आजदेखि एकीकृत सुरक्षा योजना लागू तरुण खबर २ कार्तिक २०८२, आईतवार ११:३९
निर्वाचनको तयारीमा सरकार, आजदेखि एकीकृत सुरक्षा योजना लागू

काठमाडाैं, २ कार्तिक । सरकार आगामी निर्वाचनको तयारीमा जुटेको छ भने त्यसका लागि आज (आइतबार) देखि एकीकृत सुरक्षा योजना कार्यान्वयनमा आएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपतिको उपस्थितिमा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल भएको जानकारी दिँदै भने, “निर्वाचनका लागि राजनीतिक वातावरण र सुरक्षा सुदृढीकरणमा छलफल केन्द्रित थियो।”

सरकारले निर्वाचनका लागि राजनीतिक दलहरूसँग संवाद पनि सुरु गरिसकेको छ। प्रधानमन्त्री कार्कीले माओवादी नेताहरू नारायणकाजी श्रेष्ठ र वर्षमान पुनसँग भेट गरे ।

यसै क्रममा गृहमन्त्री अर्यालले निर्वाचन सुरक्षाका लागि सुरक्षा निकायलाई आवश्यक स्रोतसाधनको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे।