तरुण खबर
४ कार्तिक २०८२, मंगलवार ११:५१
काठमाडाैं, ४ कार्तिक । गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ को व्यापक क्षतिले देशको बीमा क्षेत्रमा गहिरो प्रभाव पारेको छ। सडकमा भएको आगजनी र तोडफोडका कारण अरबौंको निजी तथा सार्वजनिक सम्पत्ति नष्ट भएपछि अहिले बीमा कम्पनीहरूमा ठूलो आकारको क्षतिपूर्ति दाबी आइरहेका छन्।
नेपाल बीमा प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार, जेनजी आन्दोलनको क्षति बापत हालसम्म बीमा कम्पनीहरूमा कुल २३ अर्ब १९ करोड ३६ लाख रुपैयाँ बराबरको ३ हजार ६३ वटा दावी पेश भएको छ। यसमध्ये कम्पनीहरूले अहिलेसम्म १ अर्ब ९५ करोड ४७ लाख रुपैयाँ भुक्तानी दिइसकेका छन्।
क्षतिको विवरण
आन्दोलनमा सबैभन्दा ठूलो क्षति सम्पत्ति र गाडीहरूमा भएको छ:
अन्य क्षेत्रको दावी
सम्पत्ति र मोटरबाहेक अन्य बीमा पोलिसीहरू अन्तर्गत पनि उल्लेखनीय दावीहरू पेश भएका छन्:
बीमा कम्पनीहरूले आवश्यक कागजात र क्षतिको मूल्याङ्कन पुरा भएका दावीहरूको भुक्तानीलाई तीव्रता दिएको जनाएका छन्। आगामी दिनहरूमा पनि दावी पर्ने क्रम बढ्न सक्ने अनुमान गरिएको भए तापनि बीमितहरूको मनोबल बढाउनका लागि शीघ्र भुक्तानी गर्ने पक्षमा कम्पनीहरू रहेको प्राधिकरणले बताएको छ।


