तरुण खबर
९ कार्तिक २०८२, आईतवार १०:३६
काठमाडाैं, ९ कार्तिक । वित्तीय प्रणालीमा अधिक तरलता (Liquidity) को चाप निरन्तर रहेकाले त्यसलाई व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज (आइतबार) फेरि ठूलो रकम बजारबाट तान्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) को माध्यमबाट ४२ दिनको अवधिका लागि थप ९० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको हो।
मुख्य विवरणहरू:
आवेदन प्रक्रिया र सहभागिता:
बजारमा पैसा थुप्रिएपछि ब्याजदर नियन्त्रण गर्न र वित्तीय स्थिरता कायम राख्न केन्द्रीय बैंकले तरलता प्रशोचन (Liquidity Absorbtion) को क्रमलाई निरन्तरता दिएको हो। आज खरिद गरिने निक्षेप संकलन उपकरणको बाँडफाँट आजै हुने राष्ट्र बैंकले जनाएको छ।


