सुनको मूल्यमा भारी गिरावट, एकैदिन ११,६०० रुपैयाँ घट्यो

सुनको मूल्यमा भारी गिरावट, एकैदिन ११,६०० रुपैयाँ घट्यो तरुण खबर १० कार्तिक २०८२, आईतवार ११:३०
सुनको मूल्यमा भारी गिरावट, एकैदिन ११,६०० रुपैयाँ घट्यो

काठमाडाैं, ९ कार्तिक । नेपाली बजारमा आइतबार सुनको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको भाउ ११ हजार ६०० रुपैयाँले घटेको छ।

लामो सार्वजनिक बिदाका कारण मूल्य समायोजन नभएपछि आइतबार बजार खुल्दा ठूलो गिरावट देखिएको हो।

मुख्य विवरणहरू:

  • छापावाल सुन: आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ।
  • अघिल्लो मूल्य: तिहार बिदाअघि कात्तिक ३ गते छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँ कायम भएको थियो। सार्वजनिक बिदाका कारण त्यसयता सुनको नयाँ मूल्य तोकिएको थिएन।
  • चाँदीको भाउ: सुनसँगै चाँदीको भाउमा पनि तोलामा २६५ रुपैयाँले गिरावट आएको छ। यससँगै आज चाँदीको मूल्य प्रतितोला ३ हजार १५ रुपैयाँ कायम भएको छ।
  • चाँदीको अघिल्लो मूल्य: गत कात्तिक ३ गते चाँदी प्रतितोला ३ हजार २८० रुपैयाँमा किनबेच भएको थियो।