तरुण खबर
१० कार्तिक २०८२, आईतवार ११:४२
काठमाडाैं, ९ कार्तिक । सानिमा बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा तुकप्रसाद पौडेल चयन भएका छन्। बैंकको कात्तिक २ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई अध्यक्ष पदमा चयन गरेको हो। पौडेल यसअघि पनि लामो समयदेखि बैंकको संस्थापक समूहबाट सञ्चालकमा कार्यरत थिए।
साधारण सभाबाट सञ्चालक चयन
यसअघि, कात्तिक २ गते सम्पन्न बैंकको २१औं वार्षिक साधारण सभाले संस्थापक समूहबाट तुकप्रसाद पौडेल, बलराम पराजुली र निशा कुम्पाख लाई आगामी चार वर्षका लागि सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको थियो।
नयाँ सञ्चालकहरूमध्येबाटै समितिले पौडेललाई अध्यक्षमा चयन गरेको हो।
लेखापरीक्षक नियुक्त
साधारण सभाले बैंकको चालू आर्थिक वर्षको लेखा परीक्षण गर्नका लागि एसएआर एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्स लाई लेखापरीक्षक (Auditor) मा नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ।
साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश लगायतका महत्त्वपूर्ण प्रस्तावहरू पनि यसअघि नै पारित गरिसकेको छ।


