तरुण खबर
११ कार्तिक २०८२, सोमबार ११:३२
काठमाडाैं, १० कार्तिक । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आउने क्रमले आज (सोमबार) पनि निरन्तरता पाएको छ। आइतबार एकैदिन प्रतितोला ११ हजार ६ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार पनि तोलामा २ हजार रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ। आइतबार छापावाल सुनको कारोबार २ लाख ४१ हजार ९ सय रुपैयाँमा भएको थियो।
यसैगरी, चाँदीको मूल्यमा पनि आज भारी गिरावट आएको छ। सोमबार चाँदीको भाउ प्रतितोला ४ सय ६० रुपैयाँले घटेको छ। आइतबार प्रतितोला ३ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ५ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।


