तरुण खबर
११ कार्तिक २०८२, मंगलवार ११:२८
काठमाडाैं, ११ कार्तिक । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर ठूलो गिरावट आइरहेको छ। आज (मंगलबार) एकैदिन सुनको मूल्य प्रति तोला २,९०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला २ लाख ३७ हजार रुपैयाँ कायम भएको छ। सोमबार छापावाल सुन २ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
यस साता सुनको मूल्यमा उल्लेख्य कमी आएको छ। यसअघि आइतबार ११ हजार ६०० रुपैयाँले घटेको सुनको मूल्य सोमबार पनि २ हजार रुपैयाँले घटेको थियो।
चाँदीको भाउ पनि घट्यो
सुनसँगै चाँदीको मूल्यमा पनि मंगलबार गिरावट आएको छ। आज चाँदीको मूल्य तोलामा ६० रुपैयाँले घटेर २ हजार ९२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। सोमबार चाँदी २ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो।


