प्रहरी जवान थापा हत्या प्रकरण: सीसीटीभी फुटेजको आधारमा थप दुई जना पक्राउ

प्रहरी जवान थापा हत्या प्रकरण: सीसीटीभी फुटेजको आधारमा थप दुई जना पक्राउ तरुण खबर ११ कार्तिक २०८२, मंगलवार ११:३३
प्रहरी जवान थापा हत्या प्रकरण: सीसीटीभी फुटेजको आधारमा थप दुई जना पक्राउ

काठमाडाैं, ११ कार्तिक । जेन जी आन्दोलनका क्रममा प्रहरी जवान उत्तम थापाको हत्या गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुलीका २२ वर्षीय अलिष श्रेष्ठ र रसुवाका २७ वर्षीय सौरभ तामाङ रहेका छन्। प्रहरीले सोमबार साँझ उनीहरूलाई सुकेधारा क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार आन्दोलनका क्रममा भएको घटनाको सीसीटीभी फुटेज को विश्लेषण र अनुसन्धानको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।