गृह मन्त्रीको आश्वासन: ‘तोकिएकै मितिमा प्रतिनिधि सभा निर्वाचन हुन्छ’

गृह मन्त्रीको आश्वासन: ‘तोकिएकै मितिमा प्रतिनिधि सभा निर्वाचन हुन्छ’ तरुण खबर ११ कार्तिक २०८२, मंगलवार ११:४३
गृह मन्त्रीको आश्वासन: ‘तोकिएकै मितिमा प्रतिनिधि सभा निर्वाचन हुन्छ’

काठमाडाैं, ११ कार्तिक । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधि सभा निर्वाचन तोकिएकै मितिमा हुनेमा ढुक्क रहन सबैलाई आग्रह गरेका छन्।

हिजो साँझ जनकपुरधामको गङ्गासागर पोखरीमा छठ पर्वको अवलोकन तथा पूजाअर्चनापछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री अर्यालले निर्वाचन हुने कुरामा कुनै विकल्प नभएको स्पष्ट पारे।

उनले तोकिएको समयमै निर्वाचन सम्पन्न गराउनका लागि शान्ति सुरक्षाको सम्पूर्ण प्रबन्ध मिलाइने प्रतिबद्धता पनि व्यक्त गरे।

सो अवसरमा गृहमन्त्री अर्यालले छठ पर्वलाई प्रकृतिको पूजा गर्ने जनआस्थाको प्रतीक भएको उल्लेख गर्दै यसले सबै वर्ग र समुदायबीच आपसी सद्भाव बढाएको बताएका थिए। उनले छठ पर्वको महिमा र महत्त्व दिनप्रतिदिन बढ्दै गएको धारणा राखे।