तरुण खबर
१२ कार्तिक २०८२, बुधबार ११:४२
काठमाडाैं, १२ कार्तिक । कुमारी बैंक लिमिटेडले बसन्तपुरकी निवर्तमान जीवित देवी कुमारी तृष्णा शाक्यलाई उनको शैक्षिक प्रयोजनका लागि संकलन गरिएको छात्रवृत्ति रकम एक औपचारिक कार्यक्रमबीच हस्तान्तरण गरेको छ।
बैंकले कुमारीको कार्यकाल सुरु भएको वर्षदेखि हरेक वर्ष १ लाख रुपैयाँको दरले शैक्षिक छात्रवृत्ति वापत एउटा कोष खडा गरी रकम जम्मा गराउँदै आएको थियो। यो कोषको मुख्य उद्देश्य कुमारीको कार्यकाल समाप्तिपछि उनको आगामी शैक्षिक यात्रामा सहयोग पुर्याउनु रहेको छ।
कोषमा जम्मा भएको रकम हस्तान्तरण
सोही परम्परालाई निरन्तरता दिँदै कुमारी बैंकले कोषमा जम्मा भएको कुल रु. ७ लाख ३८ हजार ८११.९५ (सात लाख अठतीस हजार आठ सय एघार रुपैयाँ ९५ पैसा) छात्रवृत्ति स्वरुप निवर्तमान कुमारी तृष्णा शाक्यलाई हस्तान्तरण गरेको हो।
विगत २४ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्नो ३०२ शाखा, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखा रहित बैंकिङ्ग ईकाई र ३१७ एटिएम मार्फत वित्तीय सेवा पुर्याइरहेको छ। बैंकले शिक्षा, स्वास्थ्य, उद्यमशीलता र वातावरण संरक्षणजस्ता क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता पनि जनाएको छ।


