५० हजार धरौटी बुझाएर छुटे खगेन्द्र सुनार

५० हजार धरौटी बुझाएर छुटे खगेन्द्र सुनार तरुण संवाददाता १४ कार्तिक २०८२, बिहीबार १६:५८
५० हजार धरौटी बुझाएर छुटे खगेन्द्र सुनार

काठमाडौं । जिल्ला अदालत काभ्रेपलाञ्चोकले दलित अभियन्ता खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छोड्ने आदेश दिएको छ ।

न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले बिहीबार सुनारलाई धरौटीमा छोड्ने आदेश दिएको हो। अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द बोलेको आरोपमा सुनार बिहीबार बिहान काभ्रे जिल्ला अदालतमा उपस्थित भएका थिए ।

सुनारले आफूविरुद्ध अपशब्द प्रयोग गर्दै फेसबुक स्टाटस लेखेको, सामाजिक सञ्जालमा लाइभ बसेर गालीगलौज गरेको आरोपमा गौतमले साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् ।

पछिल्लोपटक मन्त्रिपरिषद् विस्तार हुँदा सुनारको नामसमेत सिफारिस भएको थियो । उनीमाथि यही मुद्दाको विषय बाहिरिएपछि अन्तिम समयमा नाम सूचीबाट हटाइएको थियो ।