तरुण खबर
१६ कार्तिक २०८२, आईतवार ११:५१
काठमाडाैं, १६ कार्तिक । गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि नयाँ “गरिमा सुन कर्जा” सेवा सुरु गरेको छ। बैंकका अनुसार, यस सेवाले आपतकालीन आर्थिक आवश्यकता वा नयाँ अवसरका लागि सजिलो समाधान प्रदान गर्दछ।
ग्राहकहरूले सुन धितो राख्दै तुरुन्तै नगद सुविधा पाउन सक्ने यस सेवामा कर्जा स्वीकृतिको प्रक्रिया अत्यन्तै छिटो रहेको बैंकले जनाएको छ। बैंकको प्रचार सामग्री अनुसार, सजिलो प्रक्रियामा मात्र १ कार्य दिनभित्र कर्जा स्वीकृत हुन्छ।
यस सेवाको बारेमा थप जानकारीका लागि ग्राहकहरूले बैंकको कार्यालय, फोन नम्बर +977 01 5970179, वा इमेल info@garimabank.com.np मार्फत सम्पर्क गर्न सक्नेछन्।
बैंकले आफ्नो नयाँ उत्पादनमार्फत ग्राहकहरूको आपतकालीन आवश्यकतालाई सहज रूपमा पूरा गर्ने लक्ष्य राखेको छ।


