प्रिमियम अनुभव सुलभ मूल्यमा: भिभो Y400 नेपाली बजारमा, ३० मिनेटमा ५०% चार्ज हुने सुविधा

प्रिमियम अनुभव सुलभ मूल्यमा: भिभो Y400 नेपाली बजारमा, ३० मिनेटमा ५०% चार्ज हुने सुविधा तरुण खबर १८ कार्तिक २०८२, मंगलवार १०:५२
प्रिमियम अनुभव सुलभ मूल्यमा: भिभो Y400 नेपाली बजारमा, ३० मिनेटमा ५०% चार्ज हुने सुविधा

काठमाडाैं, १८ कार्तिक । विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नयाँ वाई सिरिजअन्तर्गतको शक्तिशाली मोडल भिभो वाई ४०० (Vivo Y400) लाई नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ। शैली, मनोरञ्जन र उत्कृष्ट टिकाउपन चाहने प्रयोगकर्ताका लागि तयार पारिएको यो फोनले फ्ल्यागशिप स्तरको अनुभवलाई सुलभ मूल्यमा उपलब्ध गराउने कम्पनीले बताएको छ।

मुख्य विशेषता र आकर्षणहरू:

विशेषता विवरण
मूल्य रु. ३६,९९९/-
डिस्प्ले ६.६७–इन्च १२० हर्ज एएमोलेड डिस्प्ले (SGS आई प्रोटेक्सन प्रमाणित)
डिजाइन ७.९ एमएम मेटालिक फ्रेम, अत्यन्तै पातलो बेजल, पर्ल व्हाइट र डायनामिक ग्रीन रङमा उपलब्ध
टिकाउपन IP68/69 डस्ट एन्ड वाटर रेसिस्ट्यान्ट (२ मिटर पानीमा ३० मिनेटसम्म सुरक्षित), वेट-ह्यान्ड टच अल्गोरिदम
ब्याट्री ६००० एमएएच ब्लू–भोल्ट ब्याट्री (६१ घण्टासम्म संगीत)
चार्जिङ ४४ वाट फ्ल्यासचार्ज टेक्नोलोजी (१% बाट ५०% चार्ज हुन मात्र ३० मिनेट), स्मार्ट चार्जिङ इन्जिन २.०
प्रोसेसर स्न्यापड्रैगन ६८५ (६एनएम)
क्यामेरा ५० एमपी सोनी IMX852 मुख्य क्यामेरा, ८ एमपी फ्रन्ट क्यामेरा
स्टोरेज २५६ GB स्टोरेज र ८ GB एक्सटेन्डेड ¥याम

थप उन्नत फिचरहरू:

  • फोटोग्राफी: ५० एमपी मुख्य क्यामेरासँगै अण्डरवाटर फोटोग्राफी र वन-ट्याप वाटर इजेक्सन सुविधा उपलब्ध छ। यसमा AI इरेज २.० र AI फोटो इन्ह्यान्स जस्ता एआई सुविधाहरू पनि समावेश छन्।
  • अडियो: डुअल स्टेरियो स्पिकरले ४००% सम्म ध्वनि वृद्धि गरी सिनेमाजस्तो अनुभव दिन्छ।
  • सुरक्षा: इन–डिस्प्ले फिङ्गरप्रिन्ट अनलक र एयर स्प्रिङ टेक्नोलोजी ड्रप रेसिस्टेन्ट केस फोनसँगै उपलब्ध छ।
  • प्रदर्शन: डुअल–मोड्युल कुलिङ सिस्टम र भिभोको ५० मन्थ स्मूथ एक्सपेरियन्स फिचरले लामो समयसम्म उत्कृष्ट प्रदर्शन कायम राख्ने सुनिश्चित गर्छ।
  • एआई सुविधा: AI नोट्स, AI रेकर्डर, AI डकुमेन्ट्स, स्क्रिन ट्रान्सलेसन, र गुगलको सर्कल टु सर्च जस्ता अत्याधुनिक एआई सुविधाहरूले दैनिक कार्यहरूलाई सहज बनाउँछ।

भिभो वाई ४०० अहिले नै भिभो अधिकृत रिटेल स्टोरहरू र दराज अनलाइन प्लेटफर्ममा खरिदका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ।