तरुण खबर
१८ कार्तिक २०८२, मंगलवार ११:०१
काठमाडाैं, १८ कार्तिक । देशका विभिन्न स्थानमा निरन्तर भइरहेको वर्षाका कारण आएको बाढी र पहिरोले कोशी, बागमती र गण्डकी प्रदेशका महत्त्वपूर्ण राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार विभिन्न खण्डमा यातायात प्रभावित भएसँगै सीमा व्यापार र सर्वसाधारणको आवागमनमा ठूलो समस्या उत्पन्न भएको छ।
प्रदेशगत रूपमा अवरुद्ध सडकहरू:
प्रहरी र सडक विभागले अवरुद्ध सडकहरू खुलाउने प्रयास गरिरहे पनि वर्षा नरोकिएका कारण काममा कठिनाइ भइरहेको जनाएका छन्। यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ।


