सूचना सुरक्षामा सन नेपाल लाइफ शीर्षमा, ISO/IEC 27001 नवीकरण गर्ने नेपालकै पहिलो जीवन बीमा कम्पनी

सूचना सुरक्षामा सन नेपाल लाइफ शीर्षमा, ISO/IEC 27001 नवीकरण गर्ने नेपालकै पहिलो जीवन बीमा कम्पनी तरुण खबर १८ कार्तिक २०८२, मंगलवार ११:२३
सूचना सुरक्षामा सन नेपाल लाइफ शीर्षमा, ISO/IEC 27001 नवीकरण गर्ने नेपालकै पहिलो जीवन बीमा कम्पनी

काठमाडाैं, १८ कार्तिक । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सूचना सुरक्षा व्यवस्थापन प्रणाली (Information Security Management System) मा अन्तर्राष्ट्रिय मान्यता ISO/IEC 27001:2022 को प्रमाणपत्रमा निरन्तरता (नवीकरण) प्राप्त गरेको छ। यो उपलब्धि हासिल गर्ने सन नेपाल लाइफ नेपालको बीमा व्यवसायमा पहिलो र एकमात्र जीवन बीमा कम्पनी बनेको छ।

नवीकरणका मुख्य विवरणहरू:

  • प्रमाणपत्र: ISO/IEC 27001:2022
  • मान्यता दिने संस्था: युनाइटेड किङडम अक्रेडिटेसन सर्भिस (UKAS) बाट मान्यता प्राप्त एम्टिभो लिमिटेड, बेलायत।
  • उपलब्धि: कम्पनीले गत महिना गराएको सम्परीक्षण (Audit) मा आफ्नो हरेक सूचनाहरूको सुरक्षा प्रणाली अन्तर्राष्ट्रिय मापदण्डबमोजिम उचित व्यवस्थापन गरेको पुष्टि भएपछि यो प्रमाणपत्र नवीकरण भएको हो।
  • महत्व: यो मानकले कम्पनीले जोखिममा आधारित जीवन बीमा व्यवसाय प्रणाली तथा संस्थागत सुशासनसम्बन्धी नियामक व्यवस्थालाई प्रभावकारी किसिमबाट पालना गर्न अन्तर्राष्ट्रिय मापदण्डहरू अपनाएको स्पष्ट पार्दछ।

ISO/IEC 27001:2022 को नवीकरण मान्यता प्राप्त गरेसँगै कम्पनीले आफ्ना सूचना सुरक्षा प्रणालीहरूलाई निरन्तर मजबुत बनाउँदै लाने र अन्तर्राष्ट्रिय असल अभ्यासहरूको पालनालाई जारी राख्ने प्रतिबद्धता जाहेर गरेको छ।