तरुण संवाददाता
१८ कार्तिक २०८२, मंगलवार १६:०२
काठमाडौं । नेपालका चर्चित हास्यकलाकारलाई लिएर चलचित्र ‘पाँच पाण्डव’ बन्ने भएको छ । मंगलबार कमलादी गणेशस्थानमा चलचित्रको शुभमुहूर्त गरियो ।
चलचित्रमा हरिवंश आचार्य, सीताराम कट्टेल, जितु नेपाल, सागर लम्साल, दीपाश्री निरौला र रजनी गुरुङलाई शीर्ष भूमिकामा रहनेछन् ।
चलचित्र सामाजिक कथावस्तुमा आधारित रहेको निर्देशक वसन्त निरौलाले बताए । काली रानी फिल्मस्को प्रस्तुतिमा निर्माण हुने चलचित्रको पटकथा र संवाद सुशील पौडेलले लेखेका हुन् ।
‘लाज शरणम्’ का निर्माता नवीन श्रेष्ठ ‘पाँच पाण्डव’ को प्रस्तुतकर्ता रहने छन्। केही महिनाभित्र छायांकन सुरु गरिने चलचित्रको निर्माण नियन्त्रकमा दिलीप पन्त छन्।
निर्देशक निरौलाले पछिल्लोपटक ‘ज्वाइँ साब’ निर्देशन गरेका थिए, जसको शीर्ष भूमिकामा जितु नेपालले अभिनय गरेका थिए। निरौलाले अहिलेसम्म मेला, समर्पण, आवेग, राजनीति, विजयपथ निर्देशन गरिसकेका छन् ।


