निर्देशक निश्चल बस्नेतलाई मातृशोक

निर्देशक निश्चल बस्नेतलाई मातृशोक तरुण संवाददाता १९ कार्तिक २०८२, बुधबार १३:४८
निर्देशक निश्चल बस्नेतलाई मातृशोक

काठमाडौं । निर्देशक निश्चल बस्नेतलाई मातृशोक परेको छ । बस्नेतकी आमा अमृता बस्नेतको बुधबार बिहान उपचारका क्रममा निधन भएको हो ।

७१ वर्षीया बस्नेत १५ वर्षदेखि डायलाइसिस गराइरहेकी थिइन् । पछिल्लो समय उनलाई निमोनियाले च्यापेको थियो । उनको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो । अमृता बस्नेत अभिनेत्री स्वस्तिमा खड्काकी सासू हुन् ।

आमाको स्वास्थ्य बिग्रिँदै गएपछि केही समययता निर्देशक बस्नेत सार्वजनिक कार्यक्रममा देखापरेका थिएनन् ।

जेनजी आन्दोलनपछि बस्नेत बालेन, सुमना श्रेष्ठ, सुधन गुरुङ, मिलन पाण्डेसहितलाई मिलाएर दल खोल्ने प्रयासमा लागेका थिए । तर उनको प्रयासले सार्थकता पाउन सकेको छैन । यद्यपि सुधन गुरुङले तीन दिनपछि नयाँ कुरा खोल्ने भएका छन् ।