‘जेनजी’ नेताको गृहमन्त्रीलाई प्रश्न: डा. भुसाल पक्राउ तर महेश बस्नेतलाई किन छुट?

‘जेनजी’ नेताको गृहमन्त्रीलाई प्रश्न: डा. भुसाल पक्राउ तर महेश बस्नेतलाई किन छुट? तरुण खबर २० कार्तिक २०८२, बिहीबार ११:२६
‘जेनजी’ नेताको गृहमन्त्रीलाई प्रश्न: डा. भुसाल पक्राउ तर महेश बस्नेतलाई किन छुट?

काठमाडाैं, २० कार्तिक । ‘जेनजी’ आन्दोलनका नेता सुदन गुरुङ ले गृह प्रशासनको कामकारबाहीमाथि सार्वजनिक रूपमा गम्भीर प्रश्न उठाएका छन्। उनले सामाजिक सञ्जालमार्फत गृहमन्त्री ओम प्रकाश अर्याललाई सम्बोधन गर्दै अभियन्ताका अभिव्यक्तिलाई लिएर गरिएको पक्राउमा चयनत्मक कारबाही भएको भन्दै प्रश्न गरेका हुन्।

गुरुङले एकजना अभियन्ता डा. निकोलस भुसाललाई पक्राउ गरिए पनि उस्तै प्रकृतिको अभिव्यक्ति दिएका महेश बस्नेतलाई पक्राउ नगरिएको भन्दै शक्तिशाली व्यक्तिप्रति सरकारले नरम नीति लिएको आरोप लगाएका छन्।

फेसबुकमार्फत गुरुङको प्रश्न:

गुरुङले आफ्नो विस्तृत फेसबुक पोस्टमा लेखेका छन्, “गृहमन्त्रीज्यू, डा. निकोलस भुसाल र महेश बस्नेतको अभिव्यक्तिमा के फरक देख्नुभयो? निकोलसलाई मात्रै किन पक्राउ गरियो? के सरकारले शक्तिशालीलाई नछुने गरी ओली सरकारकै बाटो समातेको हो?”

उनले डा. भुसालको अभिव्यक्ति बन्द कोठामा पटक–पटक प्रश्न सोधिएपछि दिक्क भएर आएको भन्दै आन्दोलनको momentum घट्दै गएको चिन्ता पनि व्यक्त गरेका छन्।

‘चयनत्मक’ कारबाहीको आरोप:

गुरुङको यो अभिव्यक्तिले वर्तमान सरकारले आन्दोलनकर्मीको अभिव्यक्तिको आधारमा कारबाही गर्दा पहुँच र शक्तिको आधारमा भेदभाव गरेको आरोपलाई बल पुर्‍याएको छ। यसले अभिव्यक्ति स्वतन्त्रता र कानुनको समान प्रयोगलाई लिएर बहस सिर्जना गरेको छ।