तरुण खबर
२३ कार्तिक २०८२, आईतवार १०:५७
काठमाडाैं, २३ कार्तिक । सिटीटेक ग्रुप प्रालिले ललितपुरको हेरिटेज गार्डेनमा सम्पन्न नास (आईटी एक्स्पो २०२५ को अवसरमा नेपालकै सबैभन्दा बढी प्रतिक्षित फिनपस मिनी पीओएस (FinPos Mini POS) औपचारिक रूपमा सार्वजनिक गरेको छ।
फिनपस मिनी एउटा क्रान्तिकारी डिजिटल भुक्तानी उपकरण हो, जसले व्यापारीहरूलाई कार्ड र क्यूआर दुवै माध्यमबाट भुक्तानी सजिलै स्वीकार गर्ने सुविधा प्रदान गर्दछ।
विशेषता र क्षमता:
बैंकहरूसँग साझेदारी:
सिटीटेकको दृष्टिकोण:
सिटीटेकका प्रमुख कार्यकारी अधिकृत सजन शर्माले फिनपस मिनीलाई नेपालमा डिजिटल भुक्तानीलाई सबैको पहुँचमा पुर्याउने प्रतिबद्धताको प्रतीक बताए । उहाँले भन्नुभयो, “हामी देशका हरेक कुनामा रहेका व्यापारीहरूलाई सहज, सुरक्षित र सस्तो प्रविधिबाट डिजिटल भुक्तानीको अवसर दिन चाहन्छौं।”
सिटीटेकको चर्चित ब्रान्ड ‘फिनपस’ ले हाल नेपालभरका १२ वटा बैंकहरूमा एईक्यू (Acquiring) सेवा प्रदान गर्दै १०,००० भन्दा बढी व्यवसायीहरूलाई सेवा दिइरहेको छ। फिनपस मिनी को शुभारम्भले बैंकहरूका लागि अझ प्रतिस्पर्धी मूल्यमा एकीकृत र किफायती ‘अक्वायरिङ’ समाधान प्रदान गर्ने नयाँ अध्याय सुरु गरेको छ।


