जेनजी आन्दोलनपछि क्षति पुगेको चन्द्रागिरि केबलकार सञ्चालनमा

जेनजी आन्दोलनपछि क्षति पुगेको चन्द्रागिरि केबलकार सञ्चालनमा तरुण खबर २३ कार्तिक २०८२, आईतवार ११:०३
जेनजी आन्दोलनपछि क्षति पुगेको चन्द्रागिरि केबलकार सञ्चालनमा

काठमाडाैं, २३ कार्तिक । जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनीका कारण बन्द रहेको चन्द्रागिरि केबलकार पुनः सञ्चालनमा आएको छ।

गत भदौ २३ र २४ गतेको प्रदर्शनमा ठूलो क्षति पुगेपछि बन्द गरिएको केबलकार आवश्यक मर्मतपछि शनिबारबाट सञ्चालनमा आएको कम्पनीले जनाएको छ।

पुगेको क्षति र मर्मत:

कम्पनीले आवश्यक मर्मत कार्य, सुरक्षा परीक्षण र निरीक्षण पूरा गरी केबलकारलाई सञ्चालनमा ल्याएको हो। प्रदर्शनकारीहरूले केबलकारको बटम स्टेसनमा रहेका अधिकांश भौतिक संरचनामा क्षति पुर्‍याएका थिए, जसमा:

  • केबलकारको मुख्य सञ्चालन युनिट
  • केबलकारको गोन्डोला (GONDOLA) पार्किङ तथा स्टोर युनिट
  • कम्पनीको लेखा तथा प्रशासनिक क्षेत्र
  • रेस्टुरेन्ट तथा कफिसप
  • केबलकार टिकट काउन्टर लगायतका संरचनाहरू

तोडफोड र आगजनीका कारण ठूलो क्षति भएपछि बन्द रहेको केबलकार अब सामान्य अवस्थामा सञ्चालन भएको छ।