रेकर्ड तोड्दै सुनको भाउमा भारी वृद्धि, तोलाको २ लाख ५० हजार नाघ्यो

रेकर्ड तोड्दै सुनको भाउमा भारी वृद्धि, तोलाको २ लाख ५० हजार नाघ्यो तरुण खबर २७ कार्तिक २०८२, बिहीबार ११:५५
रेकर्ड तोड्दै सुनको भाउमा भारी वृद्धि, तोलाको २ लाख ५० हजार नाघ्यो

काठमाडाैं, २७ कार्तिक । नेपाली बजारमा बिहिबार सुनको मूल्यले पुनः एकपटक नयाँ कीर्तिमान कायम गरेको छ। आज एकैदिन सुनको भाउ तोलामा ५ हजार ९०० रूपैयाँले ह्वात्तै बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबारका लागि छापावाल सुनको मूल्य २ लाख ५० हजार २०० रूपैयाँ निर्धारण भएको छ।

मूल्यको तुलना:

  • आज (बिहिबार) छापावाल सुन: रु. २,५०,२००/- प्रति तोला
  • हिजो (बुधबार) छापावाल सुन: रु. २,४४,३००/- प्रति तोला

यसैगरी, बिहिबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदीको भाउ तोलामा १७० रूपैयाँले बढेको छ।

चाँदीको मूल्य:

  • आज (बिहिबार) चाँदी: रु. ३,३४५/- प्रति तोला
  • हिजो (बुधबार) चाँदी: रु. ३,१७५/- प्रति तोला