तरुण खबर
२८ कार्तिक २०८२, शुक्रबार १२:५०
काठमाडाैं, २८ कार्तिक । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर ले प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गरेका छन्। प्रदेश प्रमुख घर्तीले नेपालको संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६ को उपधारा (२) बमोजिम आगामी मंसिर २४ गते दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाएका हुन्।
हिउँदे अधिवेशनका लागि प्रदेश सभा सचिवालयमा केही महत्त्वपूर्ण विधेयकहरू दर्ता भइसकेका छन्। ती विधेयकहरूमा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक रहेका छन्।
प्रदेश सरकारले यी विधेयकहरूलाई अधिवेशनमा छलफलका लागि पेश गर्ने तयारी गरेको छ।


