तरुण खबर
२९ कार्तिक २०८२, शनिबार ११:१९
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले आफ्नो सम्पत्ति विवरण बुझाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज मन्त्री घिसिङले सम्पत्ति विवरण पेस गरेको जानकारी दिएको छ।
मन्त्री घिसिङसहित अहिलेसम्म प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योगमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, कृषिमन्त्री मदनप्रसाद परियार र खेलकुदमन्त्री बब्लु गुप्ताले सम्पत्ति विवरण बुझाइसकेका छन्।
प्रधानमन्त्री कार्की नेतृत्वको १० सदस्यीय मन्त्रीमण्डलमध्ये अब दुई जना मन्त्रीले मात्र सम्पत्ति विवरण पेस गर्न बाँकी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। सम्पत्ति विवरण बुझाउन बाँकी रहने मन्त्रीहरूमा सञ्चारमन्त्री जगदीश खरेल र स्वास्थ्य मन्त्री सुधा शर्मा गौतम रहेका छन्।


