सन नेपाल लाइफको हरित पहल: ‘वान मिलियन ट्रीज क्याम्पेन’ सुरु

सन नेपाल लाइफको हरित पहल: ‘वान मिलियन ट्रीज क्याम्पेन’ सुरु तरुण खबर १ मंसिर २०८२, सोमबार ११:१८
सन नेपाल लाइफको हरित पहल: ‘वान मिलियन ट्रीज क्याम्पेन’ सुरु

काठमाडाैं, १ मंसिर । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो दीर्घकालीन सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत ‘लुम्बिनी वर्ल्ड पीस फोरम’ सँग सहकार्य गर्दै ‘वान मिलियन ट्रीज क्याम्पेन’ (एक मिलियन रूख अभियान) लाई औपचारिक रूपमा अघि बढाउने सम्झौता गरेको छ ।

प्राकृतिक संरक्षण, वातावरणीय सन्तुलन र हरियाली विस्तारमा योगदान गर्ने उद्देश्यले यो संयुक्त अभियान सुरु गरिएको हो । कम्पनीले यस सहकार्यले देशभरका समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ ।

अभियानको उद्देश्य र महत्त्व:

कम्पनीका अनुसार, एक मिलियन रूख लगाउने यो महत्वाकांक्षी लक्ष्यले वातावरणीय सन्तुलन, कार्बन उत्सर्जन न्यूनीकरण र तापक्रम नियन्त्रणतर्फ महत्वपूर्ण कदम चाल्नेछ । यसबाट भविष्यका पुस्ताका लागि सुरक्षित वातावरण सुनिश्चित गर्दै दिगो जलवायु व्यवस्थापनमा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ । यो अभियानले देशभर हरियाली विस्तारमा दीर्घकालीन टेवा पुऱ्याउनेछ ।

कम्पनीको उपस्थिती:

हाल सन नेपाल लाइफ इन्स्योरेन्सले देशैभरि १४८ वटा शाखा तथा उप-शाखा कार्यालयहरू मार्फत आफ्ना सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।