तरुण खबर
१ मंसिर २०८२, सोमबार ११:३०
काठमाडाैं, १ मंसिर । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना कर्मचारी तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै काठमाडौं, बूढानीलकण्ठस्थित होटल सब्रिना सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।
यो सम्झौतामा बैंकका तर्फबाट मार्केटिङ प्रमुख पर्मा ढुङ्गेल र होटलका सञ्चालन प्रबन्धक समिर थापा ले हस्ताक्षर गर्नुभएको छ ।
छुटको सुविधा:
यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी तथा ग्राहकहरूले होटल सब्रिनामा निम्न सेवाहरूमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्:
अकोमोडेसन (Accommodation)
फुड (Food)
बेभरेज (Beverage)
बैंकका ग्राहकहरूले बैंकसँगको आबद्धताको प्रमाण (जस्तै: डेबिट कार्ड वा अन्य कागजात) देखाएमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । बैंकले यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरूले विशेष लाभ लिने विश्वास व्यक्त गरेको छ ।


