शिखर इन्स्योरेन्स २२औं वर्षमा प्रवेश: सेवा र पारदर्शितामा थप प्रतिबद्धता व्यक्त गरियो

शिखर इन्स्योरेन्स २२औं वर्षमा प्रवेश: सेवा र पारदर्शितामा थप प्रतिबद्धता व्यक्त गरियो तरुण खबर ३ मंसिर २०८२, बुधबार ११:३७
शिखर इन्स्योरेन्स २२औं वर्षमा प्रवेश: सेवा र पारदर्शितामा थप प्रतिबद्धता व्यक्त गरियो

काठमाडाैं, ३ मंसिर । शिखर इन्स्योरेन्स लिमिटेडले आफ्नो स्थापनाको २१ वर्ष सफलतापूर्वक पूरा गरी २२औं वर्षमा प्रवेश गरेको अवसरमा विविध कार्यक्रमसहित वार्षिकोत्सव मनायो। कम्पनीले यस अवसरमा मानवीय सेवालाई जोड दिँदै देशव्यापी रक्तदान कार्यक्रम समेत सफलतापूर्वक सम्पन्न गरेको थियो। देशभर बढ्दो रगतको मागलाई मध्यनजर गर्दै कम्पनीले सातवटै प्रदेशमा रहेका आफ्ना कार्यालयहरूको अगुवाइमा साताव्यापी रक्तदान कार्यक्रम आयोजना गरेको थियो।

सीईओद्वारा आभार व्यक्त गरियो

वार्षिकोत्सवको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीप प्रकाश पाण्डेले कम्पनीको सफलतामा योगदान पुर्‍याउने सम्पूर्ण पक्षलाई धन्यवाद व्यक्त गरेका थिए। उनले संस्थापक वर्ग, लगानीकर्ता, कर्मचारी, नियमनकारी निकाय तथा ग्राहकहरूप्रति विशेष आभार प्रकट गरे।

सीईओ पाण्डेले हालसम्म कम्पनीले करिब ६ अर्ब रुपैयाँ बराबरको बीमा प्रिमियम संकलन गरिसकेको र ४ अर्ब रुपैयाँ बराबरको दाबी व्यवस्थापन (भुक्तानी) गरेको जानकारी दिए।

भविष्यको प्रतिबद्धता व्यक्त गरियो

आगामी दिनका लागि आफ्नो प्रतिबद्धता व्यक्त गर्दै सीईओ पाण्डेले नियमनकारी निकाय बीमा प्राधिकरणबाट निर्दिष्ट गरिएका सम्पूर्ण नियम, नीति र निर्देशिकाहरूको पूर्ण पालना गर्ने बताए। उनले शिखर इन्स्योरेन्सलाई पारदर्शी र उत्कृष्ट कम्पनीको रूपमा स्थापित गर्न निरन्तर क्रियाशील रहने प्रतिवद्धता समेत व्यक्त गरे।