तरुण खबर
७ मंसिर २०८२, आईतवार ११:३५
काठमाडाैं, ७ मंसिर । “स्वस्थ जीवनशैलीका लागि खेलकुुद” भन्ने मूल नाराका साथ गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको गरिमा रोड रेस २०८२ सफलतापूर्वक सम्पन्न भएको छ। यो रोड रेस प्रतियोगिताको दोस्रो संस्करण हो।
२०८२ साल मंसिर ६ गते शनिबार आयोजित यस प्रतियोगितामा १,००० भन्दा बढी धावकहरुको सहभागिता रहेको थियो। प्रतियोगितालाई खुला, कर्पोरेट र भेट्रान गरी कुल ३ विधामा महिला र पुरुषका लागि गरी ६ वटा प्रतिस्पर्धामा विभाजन गरिएको थियो।
मुख्य विजेताहरू र नतिजा:
| विधा | दुरी | विजेता (महिला) | समय | विजेता (पुरुष) | समय |
| खुला | १० कि.मी. | ओलम्पियन सन्तोषी श्रेष्ठ | ३४ मिनेट ५४ सेकेन्ड | राजन रोकाय (नेपाल आर्मी) | २९ मिनेट १२ सेकेन्ड |
नेपाल आर्मीको वर्चस्व: यस प्रतियोगितामा नेपाल आर्मीका धावकहरूले खुला विधाको पुरुषतर्फका सबै पुरस्कार र महिलातर्फ चार पुरस्कार जित्न सफल भए।
दौडको रुट:
खुला (१० कि.मी.): बालुवाटार (केन्द्रीय कार्यालयको प्रस्तावित भवन) बाट शुरु भई नारायणगोपालचोक, हात्तीगौडा हुँदै बुढानिलकण्ठ न.पा. वडा नं. ३ को कार्यालय अगाडी पुगी पूनः सोही मार्ग हुँदै बालुवाटारमा समापन भएको थियो।
कर्पोरेट/भेट्रान (५ कि.मी.): बालुवाटारबाट शुरु भई नारायणगोपालचोक हुँदै न्यूरो अस्पताल, बाँसबारी अगाडी पुगी पूनः बालुवाटारमा समापन भएको थियो।
पुरस्कार राशी:
| विधा | स्थान | नगद पुरस्कार (रुपैयाँ) |
| खुला (१० कि.मी.) | प्रथम | रु. ५०,००० |
| दोस्रो | रु. ३५,००० | |
| तेस्रो | रु. २०,००० | |
| चौथो | रु. १५,००० | |
| पाँचौ | रु. १०,००० | |
| कर्पोरेट/भेट्रान (५ कि.मी.) | प्रथम | रु. ३०,००० |
| दोस्रो | रु. २०,००० | |
| तेस्रो | रु. १४,००० | |
| चौथो | रु. १०,००० | |
| पाँचौ | रु. ७,००० |
कार्यक्रमका झलक र प्रतिबद्धता:
विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए। कार्यक्रमको समापनमा बोल्दै बैंकका अध्यक्ष दिलिप प्रताप खाँणले मानव स्वास्थ्य नै सबैभन्दा ठुलो सम्पत्ति भएको बताउँदै आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
वार्षिकोत्सवका अन्य कार्यक्रम:
गरिमा विकास बैंकले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा मंसिर ७ गते, आइतबार देशका विभिन्न ८ स्थानमा बृहत रक्तदान कार्यक्रम र १९ स्थानमा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) का कार्यक्रमहरू आयोजना गरेको छ।


