तरुण खबर
७ मंसिर २०८२, आईतवार ११:५८
काठमाडाैं, ७ मंसिर । वित्तीय प्रणालीमा रहेको अधिक तरलताको चाप लाई व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज (आइतबार) बजारबाट थप ५० अर्ब रुपैयाँ तान्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण (Deposit Collection) को माध्यमबाट यो तरलता व्यवस्थापन गर्न लागेको हो।
मुख्य विवरणहरू:
तान्न लागिएको रकम: ५० अर्ब रुपैयाँ
उपकरण: निक्षेप संकलन
परिपक्वता अवधि: ८४ दिन (लगभग तीन महिना)
परिपक्वता मिति: फागुन ५ गते
बोलकबोल प्रक्रिया:
समय: अनलाइन बिडिङ सिस्टममार्फत दिउँसो २ बजे बोलकबोल हुने।
सहभागी हुने संस्था: ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।
आवेदन सीमा:
घटीमा: १० करोड रुपैयाँ
बढीमा: ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सकिनेछ।
ब्याजदर: बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ र बहुब्याजदर (Multiple Interest Rate) मा बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
केन्द्रीय बैंकले अधिक तरलताको व्यवस्थापन र बजारलाई सन्तुलित बनाउनका लागि नियमित रूपमा यो उपकरण प्रयोग गर्दै आएको छ।


