मल्लका अनुसार, यदि विप्रेषणलाई कृषि आधुनिकीकरण, जलविद्युत्, साना उद्योग, पर्यटन, सूचना प्रविधि, नवप्रवर्तन र उद्यमशीलता मा लगानी गरियो भने नेपाल आयातमा निर्भर अर्थतन्त्रबाट निर्यातमुखी र उत्पादनमुखी अर्थतन्त्रमा रूपान्तरण गर्न सकिन्छ। यसले लाखौं युवाका लागि रोजगारी सिर्जना गर्ने, भित्री पुँजी प्रवाह बढाउने र गाउँ–गाउँको अर्थतन्त्रमा नयाँ ऊर्जा प्रवेश गराउनेछ।
उनले वर्षौंदेखि बाँझो रहेको जग्गालाई तुरुन्त उत्पादनमा ल्याउन जोड दिँदै भने, आधुनिक कृषि, मल्टी-क्रप खेती र वृक्षारोपणमार्फत उत्पादन क्षमता बढाउन सकिनेछ। माटो परीक्षण सेवा छिटो, सरल र निःशुल्क भए किसानले कुन बाली कुन जग्गामा लगाउने निर्णय तुरुन्त लिन सक्ने र यसले उत्पादन दुगुना हुने र निर्यात क्षमता वृद्धि हुने मल्लको भनाइ छ।




