तरुण खबर
८ मंसिर २०८२, सोमबार १३:३२
काठमाडाैं, ८ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (मंसिर ८ गते, सोमबार) भइरहेको खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई जितका लागि १३६ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै कुल १३५ रन बनाएको हो।
अब जनकपुर बोल्ट्सले सिजनको पहिलो जित हासिल गर्नका लागि १३६ रन बनाउनुपर्ने चुनौती रहेको छ।


