सुजुकी V-Strom SX को नयाँ रंग, यात्रा अब अझ आकर्षक

सुजुकी V-Strom SX को नयाँ रंग, यात्रा अब अझ आकर्षक तरुण खबर ११ मंसिर २०८२, बिहीबार ११:२९
सुजुकी V-Strom SX को नयाँ रंग, यात्रा अब अझ आकर्षक

काठमाडाैं, ११ मंसिर । नेपालका लागि सुजुकी मोटरसाइकलको आधिकारिक बिक्रेताले बजारमा सर्वाधिक लोकप्रिय एडभेन्चर मोटरसाइकल V-Strom SX को दुई आकर्षक नयाँ रंगहरू सार्वजनिक गरेको छ। यसले नेपाली बाइकरहरूलाई थप छनोट र मोटरसाइकलमा नयाँपन प्रदान गरेको छ।

नयाँ आकर्षक रंग विकल्पहरू

कम्पनीले V-Strom SX को लागि निम्न दुई नयाँ रंग विकल्पहरू बजारमा ल्याएको हो:

  1. पर्ल फ्रेश ब्लु + ग्लास स्पार्कल ब्ल्याक

  2. पर्ल ग्लेसियर ह्वाइट + मेटालिक म्याट स्टेलर ब्लु

बहुपयोगी र किफायती एडभेन्चर

सुजुकी V-Strom SX नेपालमा उपलब्ध सबैभन्दा किफायती २५० सीसी जापानी एडभेन्चर मोटरसाइकलको रूपमा चिनिन्छ। यसको मुख्य विशेषता भनेको यसले मिश्रित सवारी परिस्थितिमा समेत ४० केएमपीएल (kmpl) सम्मको दमदार माइलेज दिनु हो।

यो मोटरसाइकललाई बहुपयोगी रूपमा डिजाइन गरिएको छ। यसले सहरी सडकका साथै हल्का अफ–रोड ट्रेल, ग्राभेल र असमान भू–भागहरू पनि सहज रूपमा पार गर्न सक्छ।

V-Strom SX मा शुद्ध अफ–रोड बाइकहरूमा हुने सानो सीट र लामो सस्पेन्सनका कारण हाइवेमा हुने असहजताको समस्या छैन। यसले लामो दूरीको यात्राका लागि उत्कृष्ट स्थिरता र आरामदायी सवारी अनुभव प्रदान गर्दछ। यही सन्तुलित विशेषताका कारण यो मोटरसाइकल सहरीदेखि ग्रामीण सडकमा चलाउने र लामो यात्राका लागि एक आदर्श विकल्प बन्न पुगेको कम्पनीको भनाइ छ।