ट्रम्पको यो निर्णय ह्वाइट हाउस नजिकै अफगानी नागरिकद्वारा दुई राष्ट्रिय गार्ड मारिएको घटनापछि आएको हो। उनले वर्तमान आप्रवासन नीतिले राष्ट्रिय प्रगतिलाई कमजोर बनाएको भन्दै सबै तेस्रो विश्व देशबाट हुने बसाइँसराइ स्थायी रूपमा रोक्ने चेतावनी दिएका छन्।
साथै, उनले ‘रिभर्स माइग्रेशन’ (उल्टो आप्रवासन) शुरू गर्ने घोषणा समेत गरेका छन्। पूर्व राष्ट्रपति जो बाइडेनको कार्यकालमा अवैध रूपमा प्रवेश गराइएका लाखौँ आप्रवासीको स्थिति रद्द गरिने र बाइडेनको ‘अटोपेन’ मार्फत स्वीकृत केही व्यक्तिहरू पनि हटाइने ट्रम्पले उल्लेख गरेका छन्।
ट्रम्पले ‘नेट एसेट’ नभएका र देशप्रेम गर्न असमर्थ मानिएका गैर–नागरिकलाई हटाउने योजना अघि सारेका छन्। उनले गैर–नागरिकहरूको संघीय सुविधा बन्द गर्ने, आन्तरिक शान्ति अवमूल्यन गर्ने व्यक्तिको नागरिकता खारेज गर्ने, र सार्वजनिक बोझ वा सुरक्षा जोखिम हुने सबै विदेशी नागरिकलाई देशनिकाला गर्ने तयारी रहेको बताए।
पूर्व राष्ट्रपति ट्रम्पका अनुसार, अवैध र अव्यवस्थित जनसंख्या वृद्धिलाई रोक्नको लागि ‘रिभर्स माइग्रेशन’ एकमात्र प्रभावकारी उपाय हो। यस कदमले अमेरिकी प्रणालीको पुनःस्थापना र राष्ट्रिय सुरक्षामा योगदान पुग्ने उनको दाबी छ।




